Media Network

कुमारी बैंकले ११ प्रतिशत किविएल डिबेञ्चर–२०८९ जारी गर्ने


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । कुमारी बैंकले ११ प्रतिशत किविएल डिबेञ्चर–२०८९ (ऋणपत्र) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बैंकले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” को एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट यही भदौ एक गते स्वीकृति प्राप्त गरेको छ । 

बैंकका अनुसार उक्त तीन अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवर बाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने छ । ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि तीन वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ । यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । 

बैंकले आफ्ना देशव्यापी एक सय ९७ शाखा सञ्जाल, एक सय ९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद