Media Network

कृषि बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७९,आईतवार

काठमाडौं।कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।  

बैंकको शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङले सोमबारबाट आफ्नो कार्यभार सुरु गर्ने बैंकले जानकारी दिएको छ । कृषि बिकास बैंकमा प्रमुख कार्यकारी हुनुअघि गुरुङ म्यानमार सिटिजन्स बैंककोरुपमा कार्यरत रहेका थिए भने उनले लामो समय सिभिल बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतकोरुपमा काम गरेका थिए । 

गुरुङ खुल्ला प्रतिस्पर्धाद्धारा कृषि बिकास बैंकको प्रमुख कार्यकारीमा नियुक्त भएका हुन । खुल्ला प्रतिस्पर्धामा प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, बद्री गुरागाई र बिष्णु देव यादव अन्तिम पाँचमा छनोट भएकोमा बैंक सञ्चालक समितीले शनिवार लिएको अन्र्तवातामा छनौंटमा परेका मध्येबाट गुरुङ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद