Media Network

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति: अध्यक्षमा पौडेल र महासचिवमा दहाल चयन


खबरस्टोरी संवाददाता

१० भाद्र २०८०,आईतवार

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल चयन गएका छन् । समितिको उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी, निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद