Media Network

कति पुग्यो सुनचाँदीको मूल्य ?


खबरस्टोरी संवाददाता

१७ बैशाख २०८०,आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैइाँले बढेको हो ।अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन अघिल्लो दिन भने १ लाख ८ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार ४१५ रुपैयाँ कायम भएकोछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद