Media Network

काठमाडौं महानगरले आर्थिक वर्षको पहिलो महिनामै उठायो ६५ करोड ४२ लाख राजस्व


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले  चालु आर्थिक वर्षको पहिलो महिना साउनमै ६५ अर्ब रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । महानगरले पहिलो महिना साउनमा  ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गत आवको सोहि अवधिमा महानगरले ४५ करोड ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

साउन महिनामा महानगरपालिकाले सम्पत्ति कर शिर्षकमा १२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोहि अवधिमा सात करोड ९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । 

त्यस्तै, साउन महिनामा भुमिगत मालपोतबाट २३ लाख ७८ हजार, घर बहाल करबाट ३१ करोड ६० लाख, आनुदान चालुबाट २४ हजार, व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८७ हजार र पर्यटन शुल्कबाट ७४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

त्यसैगरि, यस अवधिमा महानगरले अन्य सेवाशुल्कबाट तीन करोड ४५ लाख ७२ हजार रुपैयाँ राजस्व संलन भएको छ भने न्यायिक दस्तरबाट ३५ हजार रुपैयाँ उठेको छ । यसका साथै शिक्षा क्षेत्रको आम्दानीबाट १६ हजार, प्रशासनिक सेवा शुल्कबाट ९ लाख २९ हजार, पार्किङ शुल्कबाट ४७ लाख २३ हजार र नक्सापास दस्तुबाट ६ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  

काठमाडौं महानगरपालिकाले साउन महिनामा सिफारिस दस्तुरबाट ६४ लाख ४१ हजार, व्यक्तिगत घटना दस्तुबाट एक लाख ११ हजार, नाता प्रमाणित दस्तुरबाट ५ लाख २८ हजार, प्रसाशनिक दण्ड जरिवाना जफतबाट १९ लाख ७६ हजार र बेरुजुबाट १४ लाख २८ हजार राजस्व संकलन गरेको छ । 

व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट काठमाडौं महानगरपालिकाले साउनमा ८ करोड १८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा करिब दुई करोड १७ लाख बढी हो । गत आवको सोहि अवधिमा महानगरले ६ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद