Media Network

क्वालालम्पुरदेखि भैरहवामा व्यावसायिक उडान भर्दै नेपाल एयरलाइन्स


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०८०,सोमबार

काठमाडौ । नेपाल एयरलाइन्सको एयरबसले पहिलोपटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलका लागि मंगलबारबाट नियमित उडान सुरू गर्दैछ।

भोलि मंगलबारबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा विमान स्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन्।

मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् भोलि आउने जहाजलाई स्वागत गर्न मन्त्री किराती आफै विमानस्थल पुग्ने जानकारी दिएका हुन्।

आज काठमाडौँबाट मलेसियाका लागि उडान भर्ने उक्त एयरबस भोली बिहान ७ः४० मा भैरहवा विमानस्थलमा पहिलोपटक अवतरण गर्नेछ। त्यसपछि उक्त एयरबस काठमाडौँ आउनेछ।

परीक्षण तथा अन्य उडान गरेको भएपनि नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा नियमित उडान मंगलबारबाट हुन लागेको हो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद