Media Network

क्यानको हतासको निर्णयले पोखरा–जोमसोम उडान प्रभावित


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौ । करिब दुई साता अघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा प¥यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।

ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम क्लियर भए नभएको कन्र्फमेसन नहुँदासम्म आन्तरिक उडानका लागि अनुमति नदिने भनेर एकाएक निर्णय ग¥यो। 

 प्राधिकरणको सोही निर्णयपछि अहिले पोखरा–जोमसोम रुटका सबै हवाई उडानहरु प्रभावित बनेका छन् । 

यस अघि निजी क्षेत्रका तारा र समिट एयरले मात्र यो रुटमा हवाई उडान गर्दै आएका थिए। दुर्घटना अघि ताराले दिनमा पाँचवटा र समिट एयरलाइन्सले दुईवटा जहाजमार्फत दिनमा १० वटासम्म उडान भर्दै आएका थिए।

पछिल्लो समयमा ताराको जहाज दुर्घटनाको कारण मौसम खराबी हुन सक्ने आँकलन गर्दै ‘इनरुट’(विमान उड्ने र अवतरण हुने विमानस्थल) को मौसम सफा हुनुपर्ने, अन्यथा उडान अनुमति नदिने भन्ने प्राधिकरणले एकाएक निर्णय गरेको थियो।  

त्यसपछि हवाई उडानमा मौसमी समस्या भन्दै ‘इनरुट’ को मौसम सफा हुनुपर्ने भन्दै प्राधिकरणले कडाई गरेको थियो। वर्षायामको समयमा पोखरा–जोमसोम रुटको मौसम सधैंको पिरलो हुने गरेको थियो। अधिकांश दिनको उडान मौसमी कारणले रोकिँदै आएका थिए ।

तर, अहिले भने प्राधिकरणको निर्देशनपछि उडान रोकिएको छ । ताराको दुर्घटनापछि समिटले जुन ४ तारिखमा पाँचवटा उडान गरेको थियो। त्यसपछि पोखरा–जोमसोमका सबै उडान रोकिएका छन्।  

यसअघि जहाज उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएको खण्डमा उडान हुन्थे। उडानको क्रममा बीचमा समस्या भएमा जहाज उडेकै विमानस्थलमा फर्किन्थे । तर, अहिले भने उड्नै पाएनन। उड्ने र अवतरण हुने विमानस्थलको मौसम ठिक भएपनि बीचको मौसमबारे थाहै हुँदैन। हवाईरुटको त्यो मौसम विवरण थाहा पाउने प्रविधि र अवस्था मापनको विधि नभएकाले  समस्या थप बल्झिएको छ ।

आँखाले हेरेर (भिएफआर) गरिने उडानमा उडान हुने र अवतरण गर्ने दुवै विमानस्थलको मौसम सफा हुनुपर्छ। त्यसबाहेक दुवै विमानस्थलको भिजिविलिटी कम्तिमा पाँचकिलोमिटर हुनुपर्ने र ककपिटमा बसेका क्याप्टेनले आठकिलोमिटर परसम्मको दूरी देख्नुपर्ने नियम रहेको छ ।

उनका अनुसार यसअघि जहाज कमाण्ड गरेका पाइलटले मात्र मौसमबारे निर्णय गर्दै आएका थिए। केही गरि बीचमा समस्या देखिएमा जहाज नै फर्काउने पनि गरिएको थियो। तर, अब भने पाइलटलाई मात्र नभई विमानस्थललाई पनि जिम्मेवारीमा तानिएको छ ।

अब उडान गर्ने विमानस्थलले इनरुट मौसम सफा छ भन्ने यकिन गरेर मात्र जहाजलाई पठाउने र अवतरण गराउने छ ।


जल तथा मौसम विभागलाई जिम्मेवारी थोपार्दै आफु पन्छिने खेलमा क्यान

विमानस्थललाई इनरुट मौसमबारे जानकारी दिनका लागि तोकिएको निकाय हो,जल तथा मौसम विज्ञान विभाग

विभागलाई विमानस्थललाई मौसमी जानकारी दिने र त्यही आधारमा विमानस्थलले उडान अनुमति दिने निर्णय क्यानले गरेको थियो ।

कतिपय हवाई रुटमा इनरुट मौसमबारे जानकारी लिने प्रविधि, आवश्यक जनशक्ति देखि अन्य प्राविधिक कुराहरुले गर्दा एकाएक भएको यो निर्णयलाई हामी कार्यान्वयन गर्न सक्ने अवस्थामा नरहेको विभागका एक विज्ञले बताए ।

क्यानका यो एकार्एक भएकोे निर्णयले के संकेत गर्छ भने आप्नो जिम्मेवारीबाट पन्छिएर जिम्मेवारीको बोझ जति सबै डिएचएमलाई थोपार्ने र भवितव्यका त्यस्ता घटनाहरु भई आएको खण्डमा दोषारोपणका लागि हामी नै जिम्मेवार भैदिनुपर्ने डिचएचएमका एक कर्मचारीले खबरस्टोरीलाई बताए ।वास्तममा क्यानको यो निर्णय एकाएक भएको छ, छलफल सल्लाह सुझाव बिना लिईएको अदुरदर्शी निर्णयले सम्पुर्ण पर्यटन क्षेत्रलाई असर पर्ने देखिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद