Media Network

खुला रुपमा दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको सूचना


खबरस्टोरी संवाददाता

२८ भाद्र २०८०,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ ।महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौं महानगरमा ८० प्रतिशत दूधको खपत खुला रुपमा हुने बिक्रीले धानेको छ । तर, ती मध्यै ९० प्रतिशत व्यवसाय दर्ता भने छैनन् ।

‘अहिले खुल्ला रुपमा दूध बेच्ने र अन्य डेरीको दूध बेच्नेहरु दर्तामै छैनन् । केही डेरी मात्रै दर्ता छन् । किराना पसल, साना पसलहरु कुनैपनि दर्ता छैनन् । हाम्रो लक्ष्य पहिले सबै दर्तामा ल्याउने भन्ने छ,’ झाले बताए।

उनले मापदण्ड अनुसार दूध बेच्ने पसलमा के–के बेच्न पाइन्छ भनेर अनुगमन समेत गर्ने तयारी गरेको बताए । झाका अनुसार काठमाडौंको वडाबाट नै व्यवसाय दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद