Media Network

खुल्यो जग्गाको कित्ताकाट


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । आज मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने मंगलबार निर्णय गरेको मन्त्री ज्वालाले जानकारी दिए ।

उनले भने, ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ । हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद