Media Network

खाने तेलको मूल्य ३० रुपैयाँले घट्यो


खबरस्टोरी संवाददाता

२ आश्विन २०७९,आईतवार

काठमाडौं । खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको हो । सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्ये कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको हो।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ ।यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद