Media Network

खानेपानी आयोजनाहरु हुन सक्ने जोखिम न्यूनीकरणका लागि बीमा नीति अवलम्बन


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौँ।देशको धेरै स्थानमा रहेको खानेपानीको अभाव हटाउन साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले खेल्दै आएको भूमिकाको प्रशंसा हुँदै आएको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा सोझै उपभोक्तालाई जोडेर कार्यक्रम अघि बढाउन थालेपछि त्यस्को प्रभावकारिता पनि सकारात्मक देखिएको छ । 

आयोजनाले अहिले खानेपानी क्षेत्रका उपभोक्ता संस्थाहरुलाई बीमा प्रक्रियामा जोडेर अघि बढाउन थालेको छ । आयोजनाको दीगो सञ्चालन र व्यवस्थापनका लागि बीमा उपकरण प्रयोग गरौं भन्ने सन्देशका साथ यो कार्यक्रम अघि बढाइएको आयोजनाको भनाइ छ ।  

प्राकृतिक प्रकोप वा अन्य कुनै भवितव्यबाट हुनसक्ने जोखिमहरुको न्यूनीकरणका लागि आयोजनाहरुलाई  बीमा प्रणाली अवलम्बन गराउन थालिएको छ । कोषको लगानीको महत्वपूर्ण क्षेत्रमध्ये खानेपानी क्षेत्रका उपभोक्ता संस्थाहरुले सञ्चालन गर्दै आएका खानेपानी आयोजनाहरुको संरचनाहरुमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत प्रथम, दोस्रो र तेस्रो चरण तथा सह– लगानी अन्तर्गतका ४४ वटा  खानेपानी उपभोक्ता संस्थाका अध्यक्षहरुका लागि आयोजनाको बीमा सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम गत पुष १८ गते सम्पन्न गरिएको छ । 

 यस बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट वर्षेनी प्राकृतिक विपद्का कारण उपभोक्ता संस्थाहरुबाट आयोजनाहरुका लागि ठूलो मात्रामा भैरहेको र्ममत सम्भार खर्चमा कमी ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद