Media Network

लघुबीमा लाइसेन्सका लागि ३ दर्जन कम्पनीहरुले दिए आवेदन


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौं । लघुबीमा लाइसेन्सका लागि आवेदन दिने कम्पनीहरुले आवेदन दिइरहेका छन्। अन्तिम दिनसम्म करिब ३ दर्जन कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएका हुन् ।

बीमा समितिले लघुबीमा लाइसेन्सका लागि भदौ १० गते ३५ दिने प्रस्ताव आह्वान गरेको थियो । लाइसेन्सका लागि लामो समय आवेदन परेको थिएन । तर, अन्तिम समयमा भने ३१ कम्पनीहरुले आवेदन पेश गरेको समितिले जनाएको छ ।

समितिमा मंगलबार नेको लाइट ९जनरल० इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन परेको छ ।

यस्तै, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो जनरल इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स, गरिमा माईक्रो इन्स्योरेन्स, सिजि लाइफ इन्स्योरेन्स, सिजि इनस्योर, सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स, गण्डकी माईक्रो इन्स्योरेन्स, स्टार माईक्रो इन्स्योरेन्स रहेका छन् ।

त्यसैगरि प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स, केष्स्ट माईक्रो इनस्योरेन्स, लिवर्टी माईक्रो इन्स्योरेन्स, श्री शक्ति लघु जीवन बीमा, कोयर माईक्रो जनरल, अभियान लघुबीमा, हिम शिखर जीवन लघुबीमा, सुरक्षा लघु बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

लघुबीमाको लागि पुँजी कम्तीमा ७५ करोड रुपैयाँ तोकिएको छ । प्रस्तावकर्ताले ७५ करोड चुक्तापुँजीमध्ये ५१ प्रतिशत सेयर संस्थापकले धारण गर्न पाउने छन् भने कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्नेछ । तर,अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी राखेर समितिमा प्रस्ताव पेश गर्न सकिने समितिले जनाएको छ ।

बीमा समितिले ३ जीवन, ४ वटा निर्जीवन गरि कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद