Media Network

लेखनाथ खानेपानी संस्थालाई मुक्तिनाथ विकास बैंकको सहयोग


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले पोखरा नगरपालिका–३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने पाँच हजार लिटरको एक थान पोलिथिक टया्ङकीका खरिद गर्नका लागि ५५ हजार ६९ रुपैंयाँ बराबरको आर्थिक सहयोग एक कार्यक्रम बीच उक्त संस्थाका पदाधिकारीहरुको रोहवरमा हस्तान्तरण गरेको छ । 

उक्त कार्यक्रममा बैंकका तर्फबाटगण्डकी प्रदेश प्रमुख शंकर केसी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

यस्तै, लेखनाथ खानेपानी उपभोक्त संस्थाका तर्फबाट अध्यक्ष मुरारी शर्मा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद