Media Network

माछापुच्च्छ्रे बैक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबिच भुक्तानी सेवा सम्झौता


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं। माछापुच्च्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेट बीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ  । 

माछापुच्च्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टप अप, इन्टरनेटको, बिजुली , खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसै गरी बैंकका ग्राहकहरुले मोको  मार्फत स्क्यान टू पे को माध्यमबाट एक हजार पाँच सय भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्च्छ्रे बैंकका मर्चेन्टहरुले भिसा, अली पे र युनियन पे  संग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्यु आर बाटै भुक्तानी लिन सक्नेछन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद