Media Network

मंगलबार सात अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

२३ माघ २०७९,सोमबार

काठमाडौ।भोलि मंगलबार नेपाल राष्ट्र बैकल सात अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ । सो दिन पाँँच बर्षे अवधिको बिकास ऋणपत्र २०८४ “ञ” (५ बर्षे) बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्ने छन् । निष्काशन मिती २०७९ माघ २५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८४ माघ २५ तोकिएको र खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेको छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने छ । 

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड रुपैंयाँ छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा भने घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद