Media Network

महालक्ष्मी विकास बैंकको ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट ३५ दिनभित्र आवेदन दिनुपर्छ ।

इच्छुक संस्थापकले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद