Media Network

महासङ्घको चुनाव- संघई र अन्जानले गराए उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै आज अन्जान श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।
महासङ्घको चुनाव यही चैत २८ र २९ मा काठमाडौँमा हुँदैछ । आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको र अहिलेसम्म सबै पदमा गरेर कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएको पौडेलले बताए ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद