Media Network

महासङ्घको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी


खबरस्टोरी संवाददाता

३० चैत्र २०७९,बिहीबार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन अन्तरगत जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् । 

कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद