Media Network

मिर्मिरे लघुवित्त र बुद्धज्योति लघुवित्तद्धारा एकीकृत कारोबार सुरु


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं।मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्म गरेको हो ।

यसअघि पनि मिर्मिरे लघुवित्तले धुनिबेशी वडा नं. ६ धार्के , धादिंङ मा केन्द्रीय कार्यालय रहेको एक करोड ३८ लाख चुक्ता पुजी भएको स्वेड़ा लघुबित्त वित्तीय संस्था लिमिटेडलाई (२०७७ आषाढ २१ गते) प्राप्ती गरेको थियो । त्यसको लगत्तै झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको २३ करोड ७२ लाख चुक्ता पुजी भएको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (२०७७ भाद्र ७ गते) प्राप्ती गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बुद्धज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको अधिकृत  पुंजी ६० करोड, चुक्ता पुजी ५३ करोड १२ लाख पाँच हजार तीन सय ८८ रुपैंयाँ पुगेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा २० प्रतिशत बोनस शेयर दिएको थियो भने गत आ.ब. २०७८–०७९ को चौथो त्रैमासको अन्त सम्ममा २० करोड 

८१ लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । 

वित्तीय संस्थाको देशभर एक सय ४८ वा शाखा सञ्चालनमा रहेकोमा बुद्ध ज्योति लघुवित्तलाई प्राप्ती गरेपश्चात कुल शाखा संख्या एक सय ५०, करिब एक लाख ४० हजारको संख्यामा सेवाग्राहीहरुलाई समेटेको मिर्मिरे लघुवित्तले आफ्नो स्थापनाको १२ बर्ष आगामी आश्विन ७ गते पुरा गर्ने तयारी गरेको छ । वित्तीय संस्थाका संचला समिति अध्यक्ष टेक बहादुर बोहराले आफ्नो आधिकारिक फेसबुक एकाउन्ट मार्फत ट्वीट गर्दै मिर्मिरे लघुबित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरेकोमा सबैलाई हार्दिक बधाई तथा शुभकामना’ ब्यक्त गरेका छन । वित्तीय संस्थाका बोर्ड अफ डाइरेक्टर एवम् मर्जर एक्विजिसन समिति संयोजक सन्तोष फुयालले बुधबार संस्थाको केन्द्रीय कार्यालय बनेपा स्थित शभाहलमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन । संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले संवादका क्रममा वित्तीय संस्थालाई यस सुखद घडी सम्म डोर्याउन मद्दत गर्नेे दुवै वित्तीय संस्थाका लगानीकर्ता, कर्मचारी एवं नियमनकारी निकाय लगायत सरोकारवाला सम्पूर्णमा धन्यबाद ज्ञापन गर्दै मिर्मिरे लघुवित्तले आगामी दिनमा सेवाग्राहीवर्ग, लगानीकर्ता एवं आवद्ध कर्मचारीको उज्वल भविष्य निर्माणमा लघुवित्तको मर्म र भावना अनुरुप आफ्नो कार्यसञ्चालन निरन्तर रहने बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद