Media Network

मासिक सय रुपैयाँमै डिशहोम हेर्न पाइने


खबरस्टोरी संवाददाता

२४ श्रावण २०८०,बुधबार

काठमाडौँ। डिश मिडिया नेटवर्क लिमिटेडले मासिक सय रुपैयाँमै डिशहोमको टिभी हेर्न पाउने सुबिधा ल्याएको छ। कम्पनिले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हो । 

अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।

 यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सकिने छ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी HD च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न पाउनेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद