Media Network

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७९,बिहीबार

काठमाडौं।मेटलाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीह को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो ।  

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमता जस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युुनको कर्न फेरी नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको भन्दै थपेका छन् हामीेले गरिरहेका कामहरु प्रति हामी गौरवान्वित छौं र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरुले देखाएको समर्पण र प्रतिवद्धताको एक उदाहरण हो । 

मेटलाइफको वारेमा

आºना सहायक र सम्बद्घ संस्थाहरु सहित बिŒिाय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख बिŒाीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको मेट लाईफ विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । 

मेटलाइफ नेपालको वारेमा ः

मेटलाइफ सन २००१ देखि नेपालमा अमेरिकि लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा प्रदान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद