Media Network

मेटलाइफद्वारा नेपालमा मध्यावधि लाभ वृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

काठमाडौं।मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि बृद्धि बीमा योजनो प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन्, अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् र यसै अवधीमा  बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००% रकम इच्छाइएको व्यतिmले प्राप्त गर्दछन् । यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यतिmले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्नेछन् ।

काठमाडौंमा आयोजित उद्घाटन समारोहमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भनेः “हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नया“विशेषता सहितको बीमा योजना ल्याएकाछौं जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र संगसंगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन् । हाम्रा ग्राहकको आवश्यकताहरुलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।”

योजनाका मुख्य लाभहरु अन्र्तगत योजनाले बीमा अवधिको मध्यावधिमा बीमाङ्कको ४० प्रतिशत र परिपक्वता मितिमा बीमाङ्कको ६० प्रतिशत रकम र थप आर्जित रिभर्सनरी बोनस सहित दुई चरणमा भुक्तानीे गरिने जीवित लाभ प्रदान गर्दछ । यसैगरी मृत्यु रक्षावरणको हकमा, यदि बीमितको मृत्यु बीमालेख लागु मिति र बीमालेखको मध्यावधिको बीचमा भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमाङ्क रकमको १०० प्रतिशत रकम र थप आर्जित  रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् । यदि बीमितको मृत्यु मध्यावधि पछि भएको अवस्थामा, इच्छाइएको व्यतिmले बीमाङ्कको दोब्बर (दुई सय प्रतिशत) रकम र थप आर्जित रिवर्सनरी बोनस सहित प्राप्त गर्नेछन् र यस मृत्यु लाभबाट आंशिक जीवित लाभको रुपमा भुतmानी गरिएको बीमाङ्कको ४० प्रतिशत रकम कटौती गरिनेछैन । यो बीमा योजनाको बीमा अवधि १२, १४, १६, १८, २०, र २२ वर्ष र न्यूनतम जारी उमेर ३१  दिन, अधिकतम ६० वर्ष रहेको छ ।  यस योजनाको न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार अधिकतम बीमाङ्क पाँच करोड रुपैंयाँ रहेको छ । बीमितहरूले आफ्नो आवश्यकताहरूको आधारमा वार्षिक, अर्ध–वार्षिक, र त्रैमासिक रूपमा बीमाशुल्क तिर्न सक्छन् । यस योजनाले नगद समर्पण, बीमालेख ऋण सुविधा र बीमालेख जफत नहुने प्रावधानको विकल्पहरू चुक्ता बीमालेख र स्वतःबीमाशुल्क ऋण जस्ता विशेष प्रावधानहरू समावेश गरी थप लाभहरू प्रदान गर्दछ ।

अतिरिक्त बीमा रक्षावरणको लाभ लिन चाहनेहरुका लागि, यस योजना अन्र्तगत व्यत्तिगत दुर्घटना सुरक्षा लाभ, पुर्ण तथा स्थायी असतmता भएमा बीमा शुल्क छुट र गम्भीर रोग सम्बन्धि घातक बीमारी पूरक करारहरु संलग्न गर्न सक्छन् ।

थप जानकारीका लागि–

मेटलाइफको कुनै पनि कार्यालय वा कम्पनीका अधिकृत अभिकर्ताहरुसंग सम्पर्क गर्न सकिन्छ साथै मेटलाइफको आफ्नो आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नुहुनेछ ।

मेटलाइफ नेपालका बारेमा

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । अधिक जानकारीका लागिमा जानुहोस् या ९७७–१–५९७०१६६ मा सम्पर्क गर्नुहोस् । 

मेटलाइफको बारेमा

मेटलाइफ ईन्कले आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी ९ःभ्त्ीक्ष्ँभ्०का माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद