Media Network

मिटरब्याज पीडितको पक्षमा वृहत नागरिक आन्दोलनले मार्च पास गर्ने


खबरस्टोरी संवाददाता

५ बैशाख २०८०,मंगलवार

काठमाडौं । मिटरब्याज पीडितहरुमाथि प्रहरीले गरेको दमनविरुद्ध  वृहत नागरिक आन्दोलनले बुधबार ‘मानव अधिकार मार्च पास’ गर्ने भएको छ ।

मिटरब्याज पीडितहरुमाथि वैशाख ४ गते प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्‍दै  मानव अधिकार मार्च पास गर्न लागेको हो ।

साथै आन्दोलनले मानव(अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गरेको छ ।

मंगलबार विज्ञप्तिमा भनिएको छ, ‘ शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्‍यो। नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिवाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो । यो घटना गम्भीर मानव–अधिकारको हनन् हो । यसरी मानव–अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं ।’

जारी विज्ञप्ति अनुसार आन्दोलनले बुधबार शान्तिवाटिकादेखि संसद भवनसम्‍म मार्च पास गरिने छ । मार्च पासमा सहभागी हुन  सबै नागरिकमा आह्वान समेत गरिएको छ ।

‘सरकार, दलहरूलगायत सबैलाई जिम्मेवार बन्न आह्वान गर्दै बृहत् नागरिक आन्दोलनको नेतृत्वमा यही वैशाख ६ गते आयोजना गरिएको ‘मानव–अधिकार मार्च‘मा सहभागी हुन आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद