Media Network

राष्ट्र बैंकको कारवाहीमा परे नौ बाणिज्य बैंक


खबरस्टोरी संवाददाता

२५ माघ २०७९,बुधबार

काठमाडौं।नेपाल राष्ट्र बैंकले नौं वटा बैंकहरुलाई कारवाही गरेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकहरुले गरेको त्रुटीका आधारमा चालु आवको दोस्रो त्रैमासमा नौं वटा बैंक, बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई नगद जरिवाना तथा सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।  कारवाहीमा परेका मध्ये चार वटा बैंकहरुलाई प्रति बैंक ५० लाख रुपैंयाँको दरमा नगद जरिवाना र बाँकीकाई सचेत गराईएको राष्ट्र बैंकको भनाई छ । 

कारवाही अन्र्तगत प्रभु बैंकलाई सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ  । चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राईम कर्मसियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ ।  

माछापुच्छे« बैंकलाई पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्वन्धमा क्यापिटल एडुकेसी फ्रेम वर्क, २०१५ अनुसार जोखिम भारित सम्पती गणना नभएको कारणले पुँजीकोष पर्याप्ततताको यर्थाथ विवरण पेश नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) (क) बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ । यसैगरी सानिमा बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा अन्य कारवाही शिर्षक अन्र्तगत रहेर बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उलंघन हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) अनुसार बैंकलाई सचेत गराईएको छ ।

माछापुच्छे« बैंक, सिभिल बैंक र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा देखिएको कैफियतको आधारमा अन्य शिर्षक अन्र्तगत रहेर कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । यि बैंकहरुले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५/३ /८ मा एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिईने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर बृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागु गर्न पाईने छैन । भन्ने व्यवस्था भएकोमा सोको अनुपालना भएको नपाईएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको राष्ट्र बैंकको भनाई छ । नविल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा देखिएको कैफियतको आधारमा अन्य शिर्षकमा रहेर कारवाही गरिएको छ । नेपाल राष्ट्र बैंक ई. प्र निर्देशन नं १९/०७८ (सम्पती सुद्धीकरण तथा आतंकावादी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी व्यवस्था), बुंदा नं २० कारवाही तथा सँजाय सम्वन्धी व्यवस्थाको उपबुंँदा नं २, क्र. स २ मा ग्राहक पहिचान सम्वन्धी व्यवस्था कार्यानवयन नभएकोले बैंकलाई सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवरण ऐन, २०६४ (संसोधन सहित) को दफा ७ (फ), उपदफा १ (क) बमोजिम सचेत गराईएको जानकारी दिएको छ ।

प्रभु बैंकलाई पनि पुन चालु आवको पहिलो त्रैमासमा अन्य कारवाही शिर्षक अन्र्तगत रहेर कारवाही गरेको छ । यस अन्र्तगत नेपाल राष्ट्र बैंक इ.प्रा निर्देशन नं १२/०७८ (कर्जा सुचना तथा कालोसुची सम्वन्धी व्यवस्था) को बुँदा १० को उपबुँदा २ को (ङ) (५) मा भएको व्यवस्था पालना नगरेको पाईएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकलाई सचेत गराईएको राष्ट्र बैंकको भनाई छ ।     


Share:
Reaction :
ताजा समाचार
खेलकुद