Media Network

नबिल बैंक र मिडास एजुकेसनबिच सम्झौंता


खबरस्टोरी संवाददाता

१९ पुष २०७९,मंगलवार

काठमाडौं।नबिल बैंक र मिडास एजुकेशनप्रालि बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । 

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सक्ने छन भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । 

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मकरुपमा विकास गरेका हुन्छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद