Media Network

नबिल र एनबीको संयोजनबाट बन्यो नविल बैंक, २८ अर्बको चुक्ता पुँजी


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । सन् २०५० सालमा जितबहादुर लक्ष्मी बहादुर श्रेष्ठले नेतृत्व गरेको एनबी ग्रुप, रामलाल श्रेष्ठले नेतृत्व गरेको आइसिटिसि ग्रुप र बङ्गलादेशी साझेदार आईएफआईसी बैंकको लगानीमा खुलेको नेपाल बङ्गलादेश बैंक २८ वर्षपछि विलय भएको छ । 

बजारमा निजी क्षेत्रको बैंकहरु एकदमै कम भएको अवस्थामा वित्तीय सेवाको लागी खुलेको एनबी बैंक अहिले बैंक धेरै भएको भन्दै नियमनकारी निकाय नेपाल राष्ट्र बैंककै कारण मर्जरको बाटो रोज्नुप¥यो । 

कुनै बेला वित्तीय साक्षरताको लागी राष्ट्र बैंककै प्रश्रयमा खुलेको एनबी बैंक विभिन्न उतारचढाव पार गर्दै करिब २८ वर्षपछि अवसान भएको छ । कुनै बेला बैंकिङ क्षेत्रमा चार्मिङ ल्याएको एनबी बैंक आफूलाई टिकाउन सकेन । 

बैंक खुलेको १२ वर्षपछि एनबी बैंकमा भूकम्प गयो । २०६२ साल जेठमा एनबी बैंकका निक्षेपकर्ता एकाएक निक्षेप असुरक्षित नभएको भन्दै लाइन लागेर नगद निकाल्न थालेपछि एनबी बैंक समस्यामा परेको थियो ।

एनबी बैंकको विदेशी साझेदारलाई आईएफआईसीको सेयर नेपालको प्रतिष्ठित व्यवसायी घराना विनोद चौधरीको हातमा पु¥याउन मुख्य भूमिका खेलेका ज्ञानेन्द्र ढुङ्गाना नविलसंग मर्जरपछि पनि सीईओ भैसकेका छन् ।

बैंकमा समस्या आएपछि उपचारमा खटिएका थिए हालका गभर्नर महाप्रसाद अधिकारी । व्यवस्थापन संयोजक भएर तत्कालीन निर्देशक अधिकारीको नेतृत्वमा राष्ट्र बैंकबाट भीष्मराज ढुङ्गाना, केशव केसी र सचिनजंग रायमाझीको टिम थियो । 

संयोगै मान्नुपर्छ महाप्रसाद अधिकारीको नेतृत्वले सुधार गरेको एनबी बैंक उनी गभर्नर भएपछि ल्याएको वाणिज्य बैंकको सङ्ख्या घटाउने नीतिको कोप भाजनमा प¥यो । अव एनबी बैंकको इतिहासमा सीमित हुनेछ ।  ६ करोड चुक्ता पुँजी रहेको एनबी बैंकले छोटो अवधिमा साँढे ३ अर्ब निक्षेप फिर्ता  गर्न सफल भएको थियो ।  सङ्कटको बेलामा जन्मिएको नेपाल बङ्गलादेश बैंक विभिन्न आरोह अवरोह पार गर्दै १९ वर्षमै अवसान हुन पुग्यो । नेपाल बङ्गलादेशलाई गाभेर नविल बैंकले आजदेखि एकीकृत कारोबार गरेको छ । नबिलले एनबी बैंकलाई १००ः४३ शेयर अनुपातमा प्राप्ति गरेको हो । एनबीलाई प्राप्ति गरेसँगै नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुग्नेछ ।

यतिबेला विधिवत् रुपमा नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएका छन् । सोमबार राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच दुई बैंक मर्जरको घोषणा भएको छ । योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००ः ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो ।  असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।

योसँगै यसअघिको यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा सिमित बनेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद