Media Network

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौं। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् । 

घोराही सिमेन्टले ७९ लाख ४३ हजार आठ सय एक कित्ता शेयरको परल मुल्यमा एक सय रुपैँयामा प्रिमियम बापत तीन सय ३५ रुपैँया थप गरी प्रति कित्ता चार सय ३५ रुपैँयाको दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय ३५  रुपैँयाको शेयरको प्रत्याभुति हुने छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद