Media Network

निक्षेप उल्लेख्य बढ्न थाल्यो


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौँ।बाणिज्य बैंकमा निक्षेप संकलन  बढ्न थालेको छ । पछिल्लो एकसातामा मात्र २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैकर्स संघले जारी गरेको तथ्यांमा उल्लेख  छ । 

अवधिमा कर्जा प्रवाह २७ अर्ब  रुपैयाँ भएको छ । भदौ महिनाको तुलनामा भने असोजमा ६१ अर्ब बढी निक्षेप संकलन भएको छ ।

भदौ महिनामा ४४ खर्ब ८६ अर्ब निक्षेप रहेको बैंकमा असोज महिनामा ६१ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ ।  बैंकको निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । बैंहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ ऋण प्रवाह गरेको  छ । 

भदौको अन्तिममा बैंकले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रहेको थियो भने असोज मसान्तमा आइपुग्दा यस्तो कर्जा प्रवाह ४२ खर्ब २० अर्ब पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद