Media Network

नेपाल बैंक ८७ औं वर्षमा प्रवेश


खबरस्टोरी संवाददाता

३० कार्तिक २०८०,बिहीबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८६ औं पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवनले गरेका थिए । 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले सुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० आषाढ मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बंैक सफल भएको छ । 

हाल ७१ जिल्लामा शाखा विस्तार विस्तार गरेकोयो बैंकले झण्डै ३६ सय कर्मचारी मार्फत आधुनिक बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । नेपाल बैंकले २ सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा दिँदै आएको छ । 

प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढि नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, व्याजदरको कम उतार÷चढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरुमा समेत बैंक दरिलो देखिन्छ । बैंकले विगत आ.व. २०७६÷७७ देखि आफ्ना शेयरधनीहरुलाई नियमित रुपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ ।

यो बैंकले कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरेको छ । यसका साथै सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटो छरितो र सुरक्षित प्रतितपत्र, बैंक जमानत लगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरु बैंकले उपलब्ध गराउँदै आईरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद