Media Network

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौंता


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंककोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. का तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिटान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकवर्गहरुले सहज र सूलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।  

नेपाल बैंक लिमिटेडले रेमिटान्स क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउँदै बिगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर दुई सय १९ वटा शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर र दुई सय ६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, पाँच हजार भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो सहज र सूरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, उच्च ब्याजदर प्राप्त हूने रेमिटान्स बचत खाता एवं मुद्धती खातामा रकम जम्मा सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले छिटो छरितो र गूणस्तरीय ग्राहक सेवामा जोड दिई यूवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समूचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दावी पनि बैंकले गरेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद