Media Network

नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त


खबरस्टोरी संवाददाता

७ पुष २०८०,शनिबार

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा पाण्डेयसँगै पन्त पनि थिइन् । तर, एक दशक अगाडि सोही बैंकको मुख्य प्रबन्धक पदबाट अवकाश पाएका पाण्डेयले सीईओमा बाजी मारेका छन् ।

पाण्डेयले नेपाल बैंकमा हुँदा क्रेडिट विभाग, र शाखा प्रबन्धकको रुपमा काम गरेका थिए । उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।सीईओका लागि सर्ट लिष्टमा परेका नेपाल राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकास पाएका अशोक पौडेल, बैंकका निमित्त सीईओ पन्तका साथै बैंकको डेपुटी सीईओ लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतमलाई पछि पार्दै पाण्डेय नियुक्त भएका हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद