Media Network

नेपाल बैंकको सीइओको लागि ५ जना छनोट


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ मा ५ जना छनोट भएका छन् । छनोट समितिले सिइओका लागि दिएका १९ आवेदकमध्ये आइतबार ५ जनाको नाम सर्ट लिस्टिङ गरेको छ ।

सर्ट लिस्टिङ भएका उम्मेदवारहरु भने अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट छन् । बैंकका अनुसार छनोट भएका पाँच जनालाई व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ।प्रस्तुतीकरण पावरप्वाइन्टमा हुनुपर्ने र एक उम्मेदवारलाई ३० मिनेटको समय उपलब्ध हुने बैंकले जनाएको छ।

सर्ट लिस्टिङ्गमा परेका पाँच जना उम्मेदवारलाई आगामी पुस ४ गते बुधवार अन्तर्वार्ताका लागि बोलाइएको बैंकले जनाएको छ।बैंकले गत असोज २१ गते सिईओ नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । बैंकले खुला प्रतिस्पर्धाबाट सिइओ छान्न लागेको हो । सिइओ बन्नका लागि १९ जनाले आवेदन दिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद