Media Network

नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौं । सरकारले चीनबाट ल्याइएका ५ वटा ग्राउन्डेड जहाजहरु लिलामी गर्न सूचना जारी गरेको छ । प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो।

नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो ।त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद