Media Network

नेपाली जलविद्युतमा लगानी गर्न बैंक सिइओहरुलाई अर्थमन्तीको आग्रह


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०८०,बिहीबार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले एशियाली बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । नेपाल बैंकर एशोसियसनले काठमाडौंमा आयोजना गरेको एशियन बैंकर एशोसियसनको ३९औं एबीए कन्फ्रेन्सको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले उक्त आग्रह गरेका हुन।
समारोहमा बोल्दै महतले भने, ”नेपालसँग प्रशस्त मात्रामा विद्युत उत्पादनको अवसर छ, तेस्तै भारतले १० हजार मेघावाटको बजार समेत सुनिस्चित गरिदिएको छ, त्यसैले यो समय भनेको नेपाली जलविद्युतमा लगानी गर्ने उत्तम समय र सहि अवसर हो। त्यसैले म तपाईं बैंकरहरुसँग आग्रह गर्छु कि नेपाली जलविद्युतमा लगानी गर्नुस।”
सोही क्रममा महतले भने, ”नेपाली जलविद्युतमा नेपाली निजी लगानीकर्ताका सथै एडीबी, वल्ड्बैक, लगाएत अन्य बिदेशी कम्पनीहरुले समेत लगानी गरिरहेकोले यो क्षेत्र लागानीका लागि सुरक्षीत रहेको छ । त्यसैले, तपाईंहरुले समेत ढुक्कसँग लगानी गर्नुस् ।”
अहिलेको बिश्वब्यापी आवस्यकता भनेकै हरित उर्जाको भएको बताउँदै मन्त्री महतले भने, ‘सन्सारभर नै हरित उर्जाको माग भएकाले त्यस किसिमको उर्जाको उचित विकल्प भनेको जलविद्युत रहेकाले समेत म तपाईंहरुसँग नेपाली जलविद्युतमा लगानी गर्न आग्रह गर्दछु।’
नेपाल बैंकर संघले नेपालमै पहिलोपटक आयोजना गरेको एशियन बैंकर एशोसियसनको बैकिङ कन्फ्रेन्स कर्तिक २३ र २४ गते दुई दिनसम्म चल्ने छ । भने यो कन्फ्रेन्समा २७ देशका ७० भन्दा धेरै बैंकका सिइओहरुको सहभागिता रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद