Media Network

नेपाल लाइफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

५ श्रावण २०७९,बिहीबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विहीबार साउन ५ गतेदेखि नेपाल लाइफ र एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा आएको हो । 

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता संस्थापक शेयर साउन १९ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा आएको छ । 

एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ र नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ७०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद