Media Network

नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक


खबरस्टोरी संवाददाता

२६ चैत्र २०७९,आईतवार

काठमाडौँ।अब ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम  १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

उक्त अफर नेपालभरी रहेका नेपाल पे क्युआरका सम्पूर्ण मर्चेन्टहरूमा आज (आइतबार) देखि वैशाख २ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ।

विभिन्न मर्चेन्टहरूमा स्टाटिक क्युआर, डिपार्ट्मेन्ट स्टोरमा डाइनामिक क्युआर, इ–कमर्श पोर्टलमा क्युआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपिएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन्।

नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजारभन्दा बढी नेपाल पे क्युआर मर्चेन्टहरूमा लागू गरिएको उक्त अफरमार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

हाल नेपाल पे क्युआरको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ र वालेटहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद