Media Network

नेपाल पुनर्बीमाको खुद नाफा ६१.५५% बढ्यो, १ अर्ब ८ करोड बढी आर्जन


खबरस्टोरी संवाददाता

२ माघ २०८०,मंगलवार

काठमाडौँ।नेपाल पुनर्बीमा कम्पनी लिमिटेले गत आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ८ करोड ८६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६१.५५ प्रतिशत अर्थात ४१ करोड ४७ लाख ८५ हजार रुपैयाँ बढी हो ।  कम्पनीले आर्थिक वर्ष २०७९–८० मा निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख १६ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
अघिल्लो आव २०७८–७९ को चौथो त्रैमाससम्म कम्पनीले कुल ६७ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुदनाफा कमाएको थियो । जसमा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार र जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद नाफा ६१.४१ प्रतिशत (३४ करोड ६९ लाख ७२ हजार रुपैयाँ) र जीवन बीमातर्फको खुद नाफा ६२.३१ प्रतिशत (६ करोड ७८ लाख १३हजार रुपैयाँ) ले बढोत्तरी भएको हो ।
चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रहेको कम्पनीको गत आवको चौथो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ५० पैसा, प्रति सेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ८६.४ गुणा छ । कम्पनीको जगेडा कोषमा कुल ४ अर्ब १४ करोड ३६ लाख १ हजार रुपैयाँ रहेको छ । जसमा निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ र जीवन व्यवसायतर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ छ ।
अघिल्ला वर्ष निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख ४ हजार र जीवन व्यवसायतर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ गरी कुल ६ अर्ब ८३ करोड ७८ लाख ७३ हजार रुपैयाँ थियो । यसैगरी गत आवमा कम्पनीको बीमा कोषमा ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष बीमा कोषमा २८ करोड ४७ लाख ५६ हजार रुपैयाँ थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद