Media Network

नेपाल टेलिकमद्धारा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अफर सार्वजनिक


खबरस्टोरी संवाददाता

२९ चैत्र २०७९,बुधबार

काठमाडौं।नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ । 

कम्पनीले ४९ रुपैंयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ । यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैंयाँमा तीन दिन चलाउन सकिने ६ जीबी डाटा, एक सय ९९ रुपैंयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९४ रुपैंयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैंयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ । 

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार दुई सय रुपैंयाँदेखि चार सय ९९ रुपैंयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय रुपैंयाँ  र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । 

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुनेछ । 

S.N

Package name

Resource

Validity (days)

Tariff NRs. (Incl. of Tax)

1

1Mbps data unlimited +100 Min NT-NT Voice

1Mbps data unlimited +100 Min NT-NT Voice

1

49

2

6GB data

6GB

3

98

3

13GB Data

13GB

7

199

4

20GB Data

20GB

10

294

5

30GB Data

30GB

15

399


S.N

Upon Recharge Of Rupees

Bonus on Data

Remarks

1

200-499

2GB (Per day 1 GB for 2days)

Free Resource upon recharge shall be used first

2

500 and Above

8GB( Per day 2GB for 4 days)

 



Share:
Reaction :
ताजा समाचार
खेलकुद