Media Network

नेपाल वायुसेवा निगमका दुई व्यवस्थापक कारबाहीमा


खबरस्टोरी संवाददाता

१९ आश्विन २०८०,शुक्रबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ ।

विमानमा पटक पटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो ।

काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि बिहीबार काठमाडौँ फर्काइएको थियो ।

‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फिर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’ र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद