Media Network

नेपालले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना गर्ने


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

काठमाडौं।सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठन सापलिङ, जुन खाद्य प्रणालीको निमित्त धेरै सरोकारवालाहरु रहेको क्षेत्रीय सहकार्य मञ्च हो, सो संगठनले ढाका छलफलपछि यही २४ र २५ अप्रिलका दिन खाद्य प्रणालीहरुका सम्बन्धमा काठमाडौं छलफलको आयोजना गर्ने भएको छ । 

कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बिआरएसि, बँगलादेश र विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, भारतीय विकास क्षेत्रको थिङ्क एण्ड डु ट्याँक, आइपिइ ग्लोबल लिमिटेड, र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्याँक एकीकृत विकास अध्ययन संस्थान(आइआइडिएस), नेपालसंगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

सन् २०२२ को डिसेम्बरमा सम्पन्न भएको ढाका खाद्य प्रणाली छलफल क्षृेत्रीय सहयोगका लागि सम्भावीत अस्त्रहरुका रुपमा तीन वटा विषयगत क्षेत्रहरु, जलवायु अनुकूल खाद्य प्रणालीहरु, उत्पादनपश्चात् हुने नोक्सानीहरु घटाउने र खाद्य सुरक्षा मापदण्डहरुमा केन्द्रित रहेको थियो । छलफलले क्षेत्रीय सहयोगको अस्त्रहरुको रुपमा प्राविधिक सहकार्य र स्थानान्तरण, बौद्धिक प्रणालीको सशक्तिकरण र सीमापार नीजि क्षेत्रको लगानीमा जोड दिनु पर्ने आवश्यकतालाई औंल्याएको थियो । काठमाडौंमा आयोजना हुने कार्यक्रमले दक्षिण एशियामा प्रभावकारी खाद्य प्रणाली निर्माणका लागि ती ३ वटा अस्त्रहरुलाई परिष्कृत गर्नेछ ।

नेपालमा हुन लागेको खाद्य प्रणाली सम्मेलनमा विभिन्न अनुसन्धान र शैक्षिक संस्थाका विज्ञहरु, नागरिक समाज, नीजि क्षेत्र, द्विपक्षीय र बहुपक्षीय संघसंस्थाका प्रतिनिधिहरु, र समाजसेवीहरुको सहभागीता रहनेछ । यसैगरी कार्यक्रममा नेपाल योजना आयोग, भुटान र श्रीलँकाको कृषि मन्त्रीहरु, नेपाल स्थित भारतीय उच्च आयोग, र ए२आइ, बँगलादेशका सरकारी प्रतिनिधिहरुसंग पनि उच्च तहको वार्ता हुनेछ ।

बिल गेट्स एण्ड मेलिन्दा फाउण्डेशनको आर्थिक सहायता रहेको सापलिङले दक्षिण एशियाको ५ वटा राष्ट्रहरुमा प्रमाणमा आधारित नीति, कामकारवाही र नेतृत्वलाई मूलधारमा राखेर सहमति कायम गर्ने लक्ष्य लिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद