Media Network

नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् ।

‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकाले नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले भने ।

‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद