Media Network

नेप्से आज मंगलबार ५९ दशमलव ८७ अंकले बढ्यो


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं।नेप्सेमा नयाँ रेर्कड कायम भएको छ । यसअघि लगातार घट्दै आएको नेप्से नयाँ सरकार गठन भएको दोस्रो दिन सुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढेका छन् । कारोबार रकम धेरै पछि चार अर्ब नजिक पुगेको छ ।

नेप्से आज मंगलबार ५९ दशमलव ८७ अंकले बढेर १९ सय ८३ दशमलव ९५ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर तीन सय ८६ दशमलव पाँच अंकमा चढ्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर कारोबार भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार नौं सय ९७ रुपैैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले बढेर नेप्सेमा पुरै हरियाली देखिएको छ । 

कारोबार भएका कम्पनीहरु मध्ये आज सिद्धार्थ इस्न्योरेन्स कम्पनी, मल्टीपर्पोस फाईनान्स, सिर्जनशील लघुवित्त वित्तीय संस्था, कालिका पावर लिमिटेड आदिले कमाएका छन् भने आँधीखोला लघुवित्त वित्तीय संस्थ, मिर्मिरे लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड आदिले गुमाएका छन् । लुम्बिनी बिकास बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक, नेपाल टेलिकम आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद