Media Network

नेप्से ८ अंकले बढ्यो


खबरस्टोरी संवाददाता

३२ श्रावण २०८०,बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सामान्य वृद्धि भएको छ ।

बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४० लाख ९ हजार २६३ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्केम २ सकारात्मक सकिर्टका साथ शीर्ष स्थानमा रहेको छ भने, लक्ष्मी इक्यूटी फण्ड र मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी उपसमूहतर्फ म्यूचुअल फण्ड बाहेकका बाकि १२ वटै समुहको शेयरमूल्य बढेको छ ।

बिहीबार कारोबार भएकोमध्ये सुचिकृत कम्पनीमा लिवर्टी इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले वृद्धि हुँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै सामुहीक लगानी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यता लक्ष्मी इक्वीटी फण्डको इकाइमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा मेच्छेयाम हाइड्रोपावरको सेयरमूल्य ४.४१ प्रतिशत र राप्ती हाइड्रोपावरको सेयरमूल्य ४.२१ प्रतिशतले गिरावट भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद