Media Network

नेप्से १.३९ अकंले बढ्यो


खबरस्टोरी संवाददाता

४ मंसिर २०८०,सोमबार

काठमाडौँ । लामो समय पछि खुलेको बजारले समान्य बढेको छ । आज दिनभर बजारमा उताप चडाप देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ९ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.२०प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

आज शेयर बजारमा ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले प्रतिशत हिसाबमा सबैभन्दा बढी कमाएका छन्‌ । सो कम्पनीको शेयरमा ९।९८ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता मूल्य ८३ रुपैयाँ बढेर ९१५ रुपैयाँ पुगेको छ ।

फरवार्ड माइक्रोफाइनान्सका शेयरधनीहरूले भने आज सबैभन्दा बढी गुमाएका छन्‌ । यो कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता मूल्य १२० रुपैयाँ ९० पैसाले घटेर १०८८ रुपैयाँ ६० पैसा कायम भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद