Media Network

नेप्से ३३ अंकले घट्दा दुई अर्ब पाँच करोडको कारोबार


खबरस्टोरी संवाददाता

१२ भाद्र २०७९,आईतवार

काठमाडौं।साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्सेमा पहिरो गएको छ । आज नेप्से ३३ दशमलव ३६ अंकले घटेर १९ सय ८९ दशमलव २६ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव शुन्य पाँच अंकले घटेर तीन सय ८५ दशमलव ७० अंकमा खुम्चिएको छ । आज नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको ४३ हजार नौं सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यसदिन कुल कारोबार रकम दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

यसैगरी आज राधी जलबिद्युत कम्पनी, सानिमा लार्ज क्याप फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने रुरु जलबिद्युत परियोजना लिमिटेड, लिवर्टी इर्नर्जी कम्पनी, बलेफी हाईड्रो पावर लिमिटेड आदिले गुमाएका छन् । अरुण कावेली पावर कम्पनी, राधी जलबिद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोशन लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद