Media Network

नेप्से ११ अंकले घट्यो


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

काठमाडौं।नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार ११ दशमलव ८१ अंकले घटेर १९ सय ७२ दशमलव १५ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि चार दशमलव ७२ अंकले घटेर तीन सय ८१ दशमलव ३२ अंकमा खुम्चिएको छ । आज दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब १५ करोड ३५ लाख ४७ हजार दुई सय सात रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, लघुवित्त, उत्पादनमुलक, अन्य र टे«डिङ समुहको सुचक भने घटेका छन् ।  

कारोबार भएका मध्ये आज सेन्ट्रल फाईनान्स, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने महुली लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । नबिल बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद