Media Network

नेप्से ३२.७७ अंकले घट्यो


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौं । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेर ३९६.६२ अंकमा झरेको नेप्सेले जनाएको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि घटेको छ । बुधबार ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ ।
घटेको बजारमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद