Media Network

नेप्से २१.०३ अंकले घट्यो


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौँ । यो साताको पहिलो दिन आज आतबार सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ । यसैगरी क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ५.२९ अंकले घटेर ३९१.३३ अंकमा झरेको नेप्सेले जनाएको छ ।
तर, आज यता कारोबारमा भने तीव्र्रता आएको छ । २१ अंकले नेप्से घटेको यस दिन ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य सूचक समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स,  म्यचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज पनि बोटलर्स नेपाल (बालाजु) लि.सहित ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद