Media Network

नेप्से २६.३६ अंकले घट्यो


खबरस्टोरी संवाददाता

२२ पुष २०८०,आईतवार

काठमाडौँ।साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १.२८ प्रतिशत अर्थात २६.३६ अंक घटेको छ । गिरावटसँगै यसदिन परिसूचक २०२२ दशमलव ९२ विन्दुमा कायम भएको हो । आइतबार नेप्से घटेसँगै कारोबार रकम पनि ३४ करोड रुपैयाँले घटेर ५ अर्ब २४ करोडमा खुम्चिएको छ । बिहीबार ५ अर्ब ५८ करोड माथिको सेयर खरिद बिक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स १.६२ प्रतिशत, फ्लोट इन्डेक्स १.२४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ प्रतिशत घटेको छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत बाहेक सबै राताम्मे बनेका छन् । जलविद्युत परिसूचक १.०३ प्रतिशत जीवन बीमा सर्वाधिक २.४० तथा ब्यापार २.१४ प्रतिशतले घटेको छ । लघुवित्त र म्युचुअल फन्ड एक प्रतिशतभन्दा कम घट्दा बाँकी सबैको परिसूचक १ प्रतिशत बढीले ओरालो लागेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये ५ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, धौलागिरी लघुवित्त र शतप्रतिशत हकप्रद जारी गर्न लागेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यसैगरी आजको बजारमा नेपाल हाइड्रो डेभलोपर्सको ९.७७ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.७१, बिन्धबासिनी हाइड्रोपावरको ९.६१, सिनर्जी पावर डेभलपमेन्टको ८.६९ र समाज लघुवित्तको ८.१२ प्रतिशतले सेयरको भाउ बढेको छ ।
उता आजको बजारबाट मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर ७१० रुपैयाँ १० पैसामा झरेको छ। यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४९ प्रतिशत, शुभम् पावरको ६.३३, चिरख्वा हाइड्रोपावरको ५.६३ र मेगा म्युचुअल फन्डको ५.३८ प्रतिशतले मूल्य घटेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद