Media Network

नेप्सेमा ५७ अंकको गिरावट


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

काठमाडौं।नेप्से उच्च अंंकले घटेको छ । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेप्से ५७ अंकले घटेर १९ सय २४ दशमलव ४८ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले घटेर तीन सय ७४ दशमलव १३ अंकमा खुम्चिएको छ । आज नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटैं समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये सिटिजन्स म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड, मिर्मिरे माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने एनआईसी एशिया फेल्क्सी क्याप फण्ड, लिर्वर्ती इर्नर्जी कम्पनी, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । लक्ष्मी बैंक, नविल बैंक, अपी पावर लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद